नेपाल सरकारले जेष्ठ नागरिक, महिला, एकल महिला, दलित जेष्ठ नागरिक, दलित वालवालिकाका लगायतका व्यक्तिहरुलाई गाउँमै सरकारको उपस्थिती छ भन्ने मान्यता कायम गर्नका लागि प्रदान गरिएको सामाजिक सुरक्षा भत्ता लिन आएका अधिकाँसको यस्तो कुरा आउँछ । सरकारले दिएको हो जति दिएपनि ठिकै छ बाबु भत्ता पाईएकै छ । गाविसका मान्छेले दिएका छन् पाईएकै छ । कति पाईने हा,े कसरी पाईने हो, कुन कुन समयमा पाईने हो भन्नेकुरा अधिकाँस जेष्ठ नागरिकहरुलाई थाहा छैन् ।
सरकारले सम्मान स्वरुप प्रदान गरेको सामाजिक सुरक्षा भक्ता भनेजती र भनेकै समयमा नपाएका नागरिकहरुको गुनासो सम्बोधन गर्नका लागि जिल्लामा पहिलो पटक गरिएको अनुसंन्धानात्मक बिधिले पक्कै पनि जिल्लाको समग्र बस्तुस्थितीलाई मुल्याँकन गरेको छ । दुर्गम गाउँहरुमा भक्ता बितरणको जिम्मेवारी लिएका गाउँबिकास समितिका कार्यालय सहायकहरुका गुनासहरु पनि निकै पिडादायक छन् । लाखौं रकम खल्तीमा बोकेर हिड्दा ज्यानकै सुरक्षामा खतरा भएको बेला भक्ता भित्रको सुरक्षाका बारेमा गतिलो संयन्त्र निर्माण गर्दै जेष्ठ नागरिकहरुलाई सहज भत्ता बितरणमा लाग्नुपर्ने अहिलेको महत्वपुर्ण आवश्यकता हो ।








